डडेल्धुरामा काँग्रेसको चुनावी कार्यक्रम
डडेल्धुरा । नेपाली काँग्रेसले बुधबार डडेल्धुराको नवदुर्गा गाउँपालिकामा चुनावी सभा गरेको छ । सभामा काँग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लले बामपन्थीहरूले डडेल्धुराको विकासमा सिन्को समेत नभाचेको आरोप लगाए ।
गिल्लामा भएको घरदैलो सहितको प्रचार कार्यक्रममा जिल्ला सभापति मल्लले पश्चिम सेती आयोजनाको काम कांग्रेस बाहेक अरूले अगाडि बढाउन नसक्ने दावी गरे ।
कार्यक्रमा काँग्रेसका जिल्ला सचिव लक्ष्मी अवस्थी, कौशिला दमाई, नेपाल महिला संघ डडेल्धुराका अध्यक्ष कमला बिष्ट, जिल्ला सदस्य बाजी लोहार, तरुण दलका जिल्ला उपाध्यक्ष टेकबहादुर साउद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उता, प्रदेश सभा सदस्य उम्मेदवार रघुवर भट्टले देवलदिव्यपुरमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् ।
नवदूर्गामा एमालेका २२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।