६ कार्तिक २०८१, मंगलवार

तीन सय चार जनाले हतियार बुझाए



बैतडी । बैतडीमा शनिबारसम्म तीन सय चार जनाले निजी हतियार प्रशासन कार्यालयमा बुझाएका छन् । बैतडीमा अझै सात सय जना भन्दा बढीले हतियार बुझाउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
आइतबार हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावको सुरक्षालाई दृष्टिगत गर्दै हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसंग रहेका इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको थियो । सानाठूला गरी अहिलेसम्म तीन सय चार जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।
बैतडीमा सानाठूला गरी एक हजार एक सय २९ इजाजत प्राप्त हतियार रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार