बझाङमा बम विष्फोट



बझाङ । बझाङ जिल्लाको छविसपाथीभेरा गाउँपालिका –४, खिराङतोलाको नाङगो डाँडामा बम विष्फोट भएको छ । छविसपाथीभेरा गाउँपालिका –४, को मतदान केन्द्र जनता आधारभुत विद्यालय नजिकै नचिनेको मानिसको समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । बम विष्फोटबाट कुनै क्षति नभएको र विष्फोट गराउनेको खोजी भैरहेको उहाँले बताउनुभयो ।

चुनावको मुखमा बम पडकिएपछि स्थानीयमा त्रास छाएको छ । स्थानीय प्रशासनले भने सुरक्षाको व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्