६ कार्तिक २०८१, मंगलवार

भोलि बाम गठबन्धको चुनावी सभा



धनगढी । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूले भोलि (शुक्रबार) धनगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
बाम गठबन्धनको क्षेत्र नं. ५ मा हुने चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि धनगढी आइपुग्ने कार्यक्रम तय गरिएको चुनाव प्रचारप्रसार कमिटीका संयोजक लक्ष्मण कुवँरले बताए ।
धनगढीको खुला मञ्चमा आयोजना हुने चुनावी सभाका विषयमा आज पत्रकार सम्मेलनको आयोजना समेत गरिएको छ । चुनावी सभाको सम्पूर्ण तयारी पूरा भइसकेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य महेश्वर पाठकले चुनाबी सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
शुक्रबार नै बाम गठबन्धनका शीर्ष नेताहरूले लम्की, कञ्चनपुरमा आयोजना हुने चुनाबी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार