६ कार्तिक २०८१, मंगलवार

युवक मृत



बैतडी । मेला हेर्न भनि बझाङवाट बैतडी आएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा बझाङको बित्थड चिर गाउँपालिका–८, सुनकुडा, खटालीका ३५ वर्षिय जय बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिए ।
मंसिर २ गते शनिवार राति बैतडीको सिगास गाउँपालिका–७, न्वाघरमा लागेको मेला हेर्न भनि युवक यहाँ आएका बताइएको छ । मेला हेर्न आएका बझाङका युवक घर नफर्केपछी खोजततास गर्दा सिगास गाउँपालिकाको गोयलाखोला भन्ने ठाउँमा मृत फेला परेका हुन । घटनास्थलको प्रकृति हेर्दा भिरवाट लडेर युवकको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
शव परिक्षणका लागि जिल्ला अस्पताल बझाङतर्फ लगिएको छ । घटनास्थल बझाङको सीमा नजिकै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार