६ कार्तिक २०८१, मंगलवार

कांगेस जितेमात्रै लोकतन्त्र बाच्छ– प्रधानमन्त्री



बैतडी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले विकास, समृद्धि र लोकतन्त्रको रक्षाकालागि कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् ।
शुक्रबार बैतडीको पुर्चाैडीमा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले बाम गठबन्धन लोकतन्त्रका लागि बाधक भएको बताए ।
चुनावी सभामा अन्य राजनीतिक दलका सयौं कार्यकर्ताले कांग्रेस प्रवेश गरेका थिए । पुर्चौडी नगरपालिका–१ हाटमा भएको कार्यक्रममा करिब तीन सय जनाले कांग्रेस प्रवेश गरेका थिए भने मैलौलीमा पाँच सय ५० जनाल पार्टी प्रवेश गरेका हुन् ।
पुर्चौडीहाटमा भएको कार्यक्रममा केन्द्रीय सदस्य डिला संग्रोला, नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, प्रतिनिधिसभाका उम्मेदवार एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, समानुपातिक उम्मेदवार उत्तरबहादुर ऐरलगायतका नेता कार्यकर्ताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार