बाम गठबन्धनद्वारा एक दर्जन टोल सभालाई सम्बोधन



धनगढी । बाम गठबन्धनका उम्मेदवारहरूद्वारा क्षेत्र नं. ५ मा एकदर्जन टोलसभा सम्बोधन गरेका छन् । सोमबार क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न वडाहरूमा टोल भेला आयोजना गरी बामगठबन्धनका उम्मेदवारहरूले प्रतिवद्धतासहित टोलसभालाई सम्बोधन गरेका हुन् ।
टोल सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा क्षेत्र नं. ५ का उम्मेदवार नारदमुनी रानाले दिगो शान्ति, समृद्ध नेपाल र आर्थिक समृद्धीका लागि बामगठबन्धनका पक्षमा मतदान गर्न जनसमुदायलाई आग्रह गरे ।
उनले समग्र देशको विकासका लागि बाम सरकार आवश्यक रहेकोले बामगठबन्धनलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता एकतावद्ध भएर प्रचारप्रसार अभियानमा लाग्न आग्रह गरे । प्रदेशसभा १ का उम्मेदवार नेपालु चौधरीले राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि बामगठबन्धनले विजयी हुनु आवश्यक रहेको चर्चा गरे ।
प्रदेशसभा २ का उम्मेदवार रमेश धामीले जनजीविकाका पक्षमा काम गर्ने पार्टी बामगठबन्धन भएकोले आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
बाम गठबन्धनले सोमबार धनगढी उपमहानगरपालिका वडा नं. १, २, ४, ६, १७ र १८ वडाका विभिन्न टोलमा टोलसभा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्