११ पुष २०८१, बिहीबार

चालकको लापरवाहीले दुर्घटना– यात्रुहरू



धनगढी । बस दुर्घटनामा घाइते भएका यात्रुहरूले बसमा यात्रा गरिरहेका बैतडीको मेलौलीदेखि महेन्द्रनगरका लागि आउन लागेको गाडी चालकको लापरबाहीका कारण दुर्घटना भएको बताएका छन् ।
‘खोड्पेमा पुगेपछि बस विग्रियो, आधा घण्टा बनाउन लाग्यो’ गाडीमा सवार पाटन नगरपालिकाका गगनसिंह ठगुन्नाले भने– ‘खोड्पेबाट गाडी हिडेपछि ठाउँ–ठाउँमा १०/१५ मिनेट रुक्दै गुड्दै गर्‍यो ।’
अर्का यात्रु भोजराज भट्टराईले कुनै मोड नभए पनि दुर्घटना भएको बताए । उनले भने– ‘चालकको लापरबाहीले दुर्घटना भएको हो । चालकलाई ब्रेक हान्न भन्दा ब्रेक नहानेको र गाडी तल खस्यो ।’ उनले चालकलाई निद्रा लागेको र गाडी नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने बताए ।
बस रोडभन्दा ६० मिटर तल खसेको थियो । बस रुखमा गएर ठोक्किएका कारण अझ तल खस्नबाट बचेको यात्रुहरूले बताएका छन् । बसमा सवार यात्रु तथा घाइतेलाई प्रहरी तथा स्थानीयले उद्दार गरेका थिए ।
‘दुर्घटनाका तीन वटा कारण रहेका छन् । प्राविधिक कारण, यात्रु र चालकको लापरबाहीले गर्दा दुर्घटना हुने गरेको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक तथा ट्राफिक प्रमुख योगबहादुर पालले बताए ।
‘बाटो सामान्य थियो, त्यसैले या त गाडीको कुनै पार्टपुर्जामा खरावीका कारण दुर्घटना भएको हुन सक्छ, अथवा चालकलाई निद्रा लागेको हुन सक्छ’ प्रमुख पालले भने । उनले चालक घाइते भएको र सोधपुछ गर्न नपाएकोले दुर्घटनाको यकिन कारण खुल्न नसकेको बताए ।

कात्तिक २७ गते (epaper)

सम्बन्धित समाचार

बस दुर्घटनामा तीनको मृत्यु, ३६ घाइते

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार