१० श्रावण २०८१, बिहीबार

ट्याक्टरको ठक्करबाट मजदुरको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडकखण्ड निर्माणका क्रममा ट्याक्टरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ ।
हुलाकी सडकखण्डको बेलौरी नगरपालिका वडा नम्बर ७ टेडियामा निर्माण सामग्री बोकेको ट्याक्टरको ठक्करबाट सोही सडकमा मजदूरी गरिरहेका रूपन्देही, देवदह नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय बसन्त ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालक संजिव कार्की र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार