निर्धक्कसंग मतदान गर्नुहोस् : आपूर्तिमन्त्री चन्द



बैतडी । आपूर्ति मन्त्री जयन्तबहादुर चन्दले आम मतदातालाई निर्धक्कसंग मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।
चुनावी प्रचारप्रसारका शिलशिलामा गृह जिल्ला बैतडी पुगेका आपूर्ति मन्त्री चन्दले सिगास गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभामा अहिलेको निर्वाचन लोकतन्त्र पक्षधर र विरोधीबीचको लडाई भएको बताए ।
कार्यक्रमा प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, तथा प्रदेश सभा सदस्य उम्मेदवारद्वय कांग्रेसका हरिमोहन भण्डारी र राप्रपाका गणेश चन्दले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्