६ कार्तिक २०८१, मंगलवार

चौमालामा बामगठबन्धनको भेला



धनगढी । बामगठबन्धनले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश नम्बर १ मा शुक्रबार कार्यकर्ता भेटघाट र भेलाहरु गरेको छ । गठबन्धनले गौरीगङ्गा नगरपालिका वडा नम्वर ४ र १ मा भेला गरेको हो ।
भेलामा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार तथा लेखराज भट्टले एमाले र माओवादीका कार्यकर्ता एकताबद्ध भएर लागे हाम्रो जीतलाई कुनै हालतमा रोक्न नसक्ने बताए । उनले चुनावमा मतदातालाई विभिन्न ढंगले प्रभावित गर्ने विपक्षीको प्रयास रोक्न कार्यकर्तालाई अनुरोध गरे । नेता भट्टले बामगठबन्धनले कैलालीमा निक्कै समाबेशी उम्मेदवार तय गरेको दाबी पनि गरे ।
सो अवसरमा प्रदेशसभाका उम्मेदवार तथा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले केन्द्रका नेताहरु सानातिना मनमुटाव त्यागेर बृहत बाम एकतामा लागेको चर्चा गर्दै त्यसको मर्म हामी कार्यकर्ताले पनि बुझ्नु पर्ने बताए । उनले स्थानीय तहका चुनावमा भएका केही तितापिरा भुलेर राष्ट्रहितका लागि बनेको गठबन्धनलाई जिताउन एक भएर लाग्न अनुरोध गरे । कार्यक्रममा समानुपातिक उम्मेदवार लक्ष्मी चाैधरी, चुनकुमारी चौधरी, एमाले कैलालीका सचिवालय सदस्य पदमसिंह सिङ्गाल, गौरीगंगाका मेयर भीम देउवा उपमेयर अन्चला चौधरी लगायतले बोलेका थिए ।
शुक्रबार नै वडा नम्बर ४ को वडा सम्पर्क कार्यालयको नेता भट्टले उदघाट्न गरे ।
यसैबीच एमाले नेता पदमसिंह सिङ्गालको सन्योजकत्वमा एक हजार २१ सदस्यीय प्रदेशसभा स्तरीय मुल निर्बाचन परिचालन समिति गठन गरिएको छ ।
समितिको उपसन्योजकमा माओवादीका नवीन धामी र सचिवमा एमालेका लोकेन्द्र शाही छानिएका छन । चुनावका लागि युवा, थारु र महिला परिचालन समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार