६ कार्तिक २०८१, मंगलवार

आसन्न निर्वाचन : काँग्रेसद्वारा क्षेत्र नम्बर ४ मा प्रचारप्रसार तीब्र



मसुरिया । चुनावी प्रचारप्रसारलाई तीब्र बनाउने क्रममा नेपाली काँग्रेसले क्षेत्र नम्बर ४ मा बिहीबार चुनावी आम सभा गरेको छ ।
नेपाली काँग्रेस मसुरियाद्वारा आयोजित सो सभामा काँग्रेसका प्रतिनिधी सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारीले उत्तर–दक्षिण जोड्ने खुटिया–दिपायल लगायत तीन वटा सडक, गेटा मेडिकल कलेज, ठूलीगाडमा तटबन्ध लगायतका योजनालाई प्राथमकिताका साथ अघि बढाइने प्रतिवद्धता व्यक्त गरे ।
चुनावी सभामा काँग्रेस केन्द्रीय सदस्य रत्ना सेरचन, पूर्व राज्यमन्त्री दिर्घराज भाट, प्रदेश सभा सदस्य ख क्षेत्रका उम्मेदवार हिरादत्त भट्ट र क क्षेत्रका उम्मेदवार यज्ञराज चौधरी, काँग्रेसका जिल्ला उपसभापति प्रकाश बम, क्षेत्रीय सभापति दिनेशराज जोशी, महासमिति सदस्य पदमराज भट्ट, महाधिवेशन प्रतिनिधिहरू उत्तम कठायत, वीरेन्द्र भट्ट र शोभा भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सभा नेपाली काँग्रेस मसुरिया गाउँ समिति सभापति हिरासिंह बडैलाको अध्यक्षतामा भएको थियो ।
महिला संघका क्षेत्रीय अध्यक्ष मेनुका जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेविसंघका क्षेत्रीय अध्यक्ष बिष्णु भाटले गरेका थिए ।
यसैबीच बिहीबार नै गोदावरी नगरपालिका वडा नम्बर ८ मा चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
सभामा एमाले परित्याग गरी मीनबहादुर साउँद लगायत काँग्रेसमा प्रवेश गरेका छन् ।

कात्तिक २४ गते (epaper)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार