१० श्रावण २०८१, बिहीबार

गौरीगंगामा बामगठबन्धनका वडा कार्यालय खुल्दै



धनगढी । एमाले र माओवादीले बिहीबार क्षेत्र नम्बर ४ को गौरीगंगा नगरपालिकाका विभिन्न वडाहरूमा वडा सम्पर्क कार्यालय खोलेका छन् ।
बिहीबार गौरीगंगा वडा नम्बर ५, ७ र ८ का वडा सम्पर्क कार्यालयहरू खुलेका हुन । यसअघि बुधबार गौरीगंगा ९, १० र ११ वडा कार्यालयको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बामगठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार वनेका क्षेत्र नम्बर ४ का उम्मेदवार तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्ट र क्षेत्र नम्बर ४ को १ बाट उम्मेदवार वनेका एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीको उपस्थिति थियो ।
सो अवसरमा माओवादीका जिल्ला इञ्चार्ज हरि चौधरी उत्सव, एमाले नेताहरू हनुमान चौधरी, चुनकुमारी चौधरी र लक्ष्मी चौधरी लगायतको समेत उपस्थिति थियो । वडा कार्यालय उद्घाटनका क्रममा उम्मेदवार नेता भट्टले नेपालमा स्थिर सरकार निर्माण र जनमुखी काम गर्नका लागि वामगठबन्धन भएको चर्चा गरेका थिए ।
यो विचार मिल्नेहरूको पवित्र गठबन्धन हो, सानातिना मनमुटाव बिर्सेर पहिलो पटक वृहतरूपमा देशभर निर्माण भएको बामगठबन्धनलाई जिताउन लाग्न सबै नेताकार्यकर्ताहरू लागौं अर्का उम्मेदवार सोडारीले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार