एकै वडाका चार उम्मेदवार



अछाम । आउँदो मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि अछाममा एउटै वडाबाट ४ जना उम्मेदवार बनेका छन् ।
अक्षामको बिनायक पञ्चदेवल गाउँपालिका वडा नम्बर ४ बाट चार जनाको उम्मेदवारी परेको हो । नेपाली कांग्रेसबाट प्रदेशसभा ‘क’ का लागि सुरतबहादुर बिष्ट उम्मेदवार छन् भने यहि वडाबाटै रामबहादुर बिष्ट समानुपातिकको सूचीमा रहेका छन् ।
यस्तैगरी एमालेबाट प्रदेशसभामा दुर्गा बिक र राप्रपाबाट श्यामबहादुर शाहीले समानुपातिकतर्फको उम्मेदवारमा टिकट पाएको मुख्य निवार्चन अधिकृतको कार्यालय अछामले जानकारी दिएको छ ।
टिकट पाएर १६ गते उम्मेदवारी दर्ता गरेपछि उनीहरू चारैजना अहिले आआफनो पक्षमा मत बटुल्न घरदैलो गरिरहेका छन् । उनीहरूले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमूलक कामको आश्वसन दिइरहेको मतदाताको भनाई छ ।

कात्तिक २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्