१० श्रावण २०८१, बिहीबार

बामगठबन्धनले क्षेत्र नं. ५ मा प्रचारप्रसार तीब्र बनाउने



धनगढी । कैलाली क्षेत्र नं. ५ मा बामगठबन्धनका उम्मेदवारले प्रचारप्रसार अभियानलाई तीब्रता दिने भएका छन् । प्रचारप्रसार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन बामगठबन्धनले क्षेत्र नं. ५ मा ३ हजार एक सय २५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको बामगठबन्धनले सोमबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ ।
उक्त समितिमा नेकपा एमाले र माओवादी केन्द्रका जिल्लाका सबै तह र तप्कामा बसेका नेता, भातृसंगठनका प्रमुखहरुको सहभागिता रहेको छ । क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मण कुँवारले बामगठबन्धनका उम्मेदवारको प्रचारप्रसार अभियानलाई व्यापक बनाउन आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।
क्षेत्र नं. ५ मा निर्वाचन अभियानलाई व्यवस्थित गर्नका लागि गठबन्धनले २५ सदस्यीय सचिवालय पनि गठन गरेको संयोजक लक्ष्मण कुवारले जानकारी दिए । गठबन्धनले मंगलबार क्षेत्र नं. ५ का २१ वटै वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरी एकै पटक उद्घाटन गरी प्रचारप्रसार अभियानलाई व्यापकता दिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य महेश्वर पाठकले देशको समृद्धि र राजनीतिक स्थायीत्वका लागि बामगठन्धन आवश्यक भएको बताए । उनले बामपन्थीले जिते अभिनायकबाद लागू हुन्छ भन्नेप्रति कडा रुपमा प्रस्तुत हुँदै भने त्यो व्यवहारले देखाइसकेकोले अब जनता कसैको भ्रममा नपर्ने बताए ।
पत्रकारसम्मेलनमा बामगठबन्धका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नारदमुनि राना, प्रदेशसभा १ का नेपालु चौधरी र २ का रमेश धामीले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार