६ कार्तिक २०८१, मंगलवार

जीप दुर्घटनामा तीनको मृत्यु



डोटी । डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेवीको देउरडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा केआइसिंह गाउँपालिका वडा नम्बर २ का गाडी चालक खेमराज ओझा, डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाझककानीकी अनिता खडका र बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडाका रोशन ताम्राकार रहेका छन् ।
त्यस्तै, दुर्घटनामा हेमराज उपाध्याय, हासुदेवी खडका र शारदा खडका घाइते भएको बताइएको छ ।
केआइसिंह गाउँपालिका वडा नम्बर १ तिखातरवाट दिपायल आइरहेको शैलेश्वरी यातायातको से १ ज २६५ नं.को बोलेरो जीप सडकवाट तीन सय मिटर तल खसेको बताइएको छ । घाइतेहरूको थप उपचारका लागि दिपायल ल्याइएको छ । यसअघि साउन २० गते सोही सडक खण्डको बोगटान गाउँपालिका अन्तर्गत गगुडाको धार भन्ने स्थानमा शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो ।
नेपाल सरकारका भौतिक योजना निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायर, डोटीका निवर्तमान सांसद तथा बामगठबन्धनको तर्फवाट प्रतिनिधि सभाका लागि डोटीबाट उम्मेदवार रहनु भएका प्रेमबहादुर आले, डोटीको प्रदेश ख बाट बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्रिलोचन भट्ट घटनास्थलमा पुगि सक्नु भएको छ ।
डोटीका ग्रामीण सडकहरू ज्यानमारा सडकमा परिणत हुँदै गएका छन् । मर्मतका नाममा जथाभावी डोजरको प्रयोग तथा आवश्यकताअनुसार मर्मत नगरिदा सडकको अवस्था दहनिय बन्दै गएको छ । यातायात व्यवसायीहरू समेत यात्रुको सुरक्षा प्रति जिम्मेवार देखिँदैनन् । डोटीको ग्रामीण क्षेत्रमा सडकका छेउछाउमा समेत डोजर र स्काभेटरहरू भेटिन्छन् । राजनीतिक दलका नेता कार्यकर्ता तथा पहुंचवालाले भाडामा ल्याएका यस्ता उपकरणले मर्मत गर्ने र सडक निर्माण गर्ने भन्दा पनि बजेट माथि मनोमानी गर्दै आवश्यकता अनुसारको मर्मत र निर्माणको काम नगर्दा सडकको दुरा अवस्था कायमै छ । सडक दुर्घटनामा परी अकालमै ज्यान गुमाउनेहरूको संख्या समेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार