१० श्रावण २०८१, बिहीबार

कैलालीमा कांग्रेसको उम्मेदवारी दर्ता



धनगढी । नेपाली कांग्रेसले कैलालीमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा मनोनयन दर्ता गराएको छ ।
प्रधानमन्त्री पत्नी आरजु राणाले कैलाली क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएकी छन् । उनले क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निर्धारित समयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बाजागाजा सहितको ऱ्याली सहित पुगेका राणाले दिउँसो साढे तीन बजे मनोनयन दर्ता गराएकी हुन् ।
नेकाबाट प्रतिनिधिसभाका लागि क्षेत्र नं. ५ बाट डा. आरजु राणा, क्षेत्र नम्बर ४ बाट पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, क्षेत्र नं. ३ बाट पूर्व मन्त्री रामजनम चौधरी, क्षेत्र नं. २ बाट पूर्वराज्यमन्त्री मोहनसिंह राठौर र क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराए ।
प्रदेशसभाका लागि क्षेत्र नं. १.१ मा पूर्वराज्यमन्त्री जनकराज चौधरी, क्षेत्र नम्बर १.२ मा डा. रणबहादुर रावल, क्षेत्र नं. २.१ मा हिमबहादुर रावल, २ं.२ मा अरुण चौधरी, क्षेत्र नं. ३.१ मा पुरन चौधरी, ३.२ मा लक्ष्मण शाही, क्षेत्र नम्बर ४.१ मा यज्ञराज चौधरी, ४.२ मा हिरादत्त भट्ट र क्षेत्र नम्बर ५.१ मा जीवन राना, ५.२ मा डिल्लीराज पन्तले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार