१० श्रावण २०८१, बिहीबार

कैलालीमा बामगठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन दर्ता



धनगढी । बामगठबन्धनबाट कैलालीका प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा मनोनयन दर्ता गरेको छ ।
आज दिउँसो धनगढीको चटकपुरबाट शुरु भएको जुलुशले शहरको मुख्य भाग परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयहरूमा बामगठबन्धनले मनोनयन दर्ता गराएको हो ।
बामगठबन्धनबाट प्रतिनिधिसभाका लागि क्षेत्र १ मा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद मदनकुमारी शाह (गरिमा) ले उम्मेदवारी दर्ता गराइन् । क्षेत्र नं. २ मा एमालेकै बैकल्पिक केन्द्रीय सदस्य झपट रावलले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए । क्षेत्र नं. ३ मा माओवादी केन्द्रका केन्द्रीय सदस्य गौरीशंकर चौधरीले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए । क्षेत्र नं. ४ मा माओवादी केन्द्रका प्रदेश नं. ७ का ईञ्चार्ज लेखराज भट्टले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए । क्षेत्र नं. ५ मा एमालेका बैकल्पिक केन्द्रीय सदस्य नारदमुनी रानाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए ।
प्रदेशसभाका लागि क्षेत्र नं. १.१ मा एमालेका लालवीर चौधरी, १.२ मा माओवादी केन्द्रका नेपबहादुर चौधरी, क्षेत्र नं. २.१ मा एमालेका रतन थापा, २.२ मा माओवादी केन्द्रका नन्दराम साउाद, क्षेत्र नं. ३.१ मा माओवादी केन्द्रीय नेता वीरभान चौधरी, ३.२ मा एमालेका अमर साउाद, क्षेत्र नं. ४.१ मा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी, ४.२ मा एमालेकै कृष्णराज सुवेदी, क्षेत्र नं. ५.१ मा एमालेका जिल्ला उपसचिव नेपालु चौधरी र ५.२ मा माओवादीका केन्द्रीय सदस्य रमेश धामीले मनोनयन दर्ता गराएका छन् ।
कैलालीमा बाम एकता भएपछि उत्साहपूर्ण माहोल भए पनि क्षेत्र नं. २ मा प्रदेशसभाका दुबै क्षेत्रमा माओवादी केन्द्रका नेताहरूले बागी उम्मेदवारी दिएका छन् । क्षेत्र नं. २.१ बाट अगस्थ अधिकारी र २.२ मा नवराज खड्काले बागी उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार