६ कार्तिक २०८१, मंगलवार

कैलालीमा कांग्रेस र बामपन्थी गठबन्धनका उम्मेबार तय



धनगढी । नेपाली कांगेसले कैलाली जिल्लामा केन्द्रीय तथा प्रदेशका उम्मेदवार तय गरेको छ । उम्मेदवार हुनेमा पुराना र नयाँ दुवै खालका अनुहार छन् ।
नेपाली कांग्रेस कैलालीका सचिव दीपक जोशीका अनुसार प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा निर्वतमान सांसद ईश्वरी न्योपाने, क्षेत्र नम्वर २ मा मोहनसिंह राठौर, क्षेत्र नम्बर ३ मा रामजनम चौधरी, क्षेत्र नम्बर ४ मा सुनिलकुमार भण्डारी र क्षेत्र नम्बर ५ मा डा. आरजु राणालाई उम्मेदवार बनाएको छ ।
प्रदेशका लागि १० क्षेत्र रहेको कैलालीमा क्षेत्र नम्वर १ को क बाट निर्वमान सांसद जनक चौधरी ख बाट डा रणबहादुर रावल, क्षेत्र नम्बर २ क बाट हिम रावल ख बाट अरुण चौधरीलाई उम्मेदवार वनाएको छ । यस्तै, क्षेत्र नम्बर ३ क बाट पुरन चौधरी ख बाट लक्ष्मण शाही, क्षेत्र नम्बर ४ क. बाट यज्ञराज चौधरी ख बाट हिरादत्त भट्ट क्षेत्र नम्बर ५ क बाट श्रीमती जीवन राना ख बाट डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको सचिव जोशीले बताए ।
कांग्रेसले हालै कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीलाई प्रतिनिधि सभा, जनक चौधरी र पुरन चौधरीलाई प्रदेशसभामा उम्मेदवार बनाएर समेटेको छ । भने मंगलबार एमाले छोडेर कांग्रेस प्रवेश गरेका मोहनसिंह राठौरलाई पनि प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।
बाम गठबन्धनले यसअघि नै उम्मेदवार तय गरिसकेको छ । एमाले अध्यक्ष दीर्घ सोडारीका अनुसार प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा निर्वतमान सांसद मदनकुमारी शाह (गरिमा), क्षेत्र नम्बर २ मा झपट रावल, क्षेत्र नम्वर ३ मा, क्षेत्र नम्वर ४ मा लेखराज भट्ट र क्षेत्र नम्बर ५ मा नारदमुनी रानालाई उम्मेदवार बनाएको छ ।
प्रदेशका लागि क्षेत्र नम्बर १ को क बाट लालवीर चौधरी ख बाट नेपवहादुर चौधरी, क्षेत्र नम्बर २ क बाट रतन थापा ख बाट नन्दराम साउँदलाई उम्मेदवार बनाएको छ । यस्तै, क्षेत्र नम्बर ३ क बाट पुर्व सांसद वीरमान चौधरी ख बाट अमर सावद, क्षेत्र नम्बर ४ क बाट दीर्घ सोडारी ख बाट कृष्णराज सुवेदी क्षेत्र नम्बर ५ क बाट नेपालू चौधरी ख बाट रमेश धामीलाई उम्मेदवार बनाइएको छ ।

 

कैलालीमा वामपन्थी गठबन्धन र कांग्रेसका सम्पूर्ण उम्मेदवारहरू तय भएका छन् । प्रतिनिधि सभार प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु भन्दा अघिल्लो दिन सबै उम्मेदवार तय भएका ती दलका नेताहरूले पुष्टि गरेका छन् । प्रात जानकारी अनुसार कात्तिक १६ गते निर्वाचन आयोगमा तपसिल अनुसारका उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।  (सूची)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार