१० श्रावण २०८१, बिहीबार

आरक्षपीडितलाई थ्रेसरबाट धान छुट्न दिइएन



कञ्चनपुर । कञ्नपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जका कारण विस्थापित भएका परिवारलाई थ्रेसर मेसिनबाट धान चुट्न रोक लगाएको छ ।
यसै वर्षदेखि कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १, ढक्का शिविरमा बस्दै आएका आरक्ष पीडितलाई थ्रेसर मेसिन प्रयोग गरी धान चुट्न रोक लगाएको उनीहरूले गुनासो गरे । राष्ट्रिय निकुञ्जले नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरी धान चुट्न नदिएकाले काटेको धान खेतमै रहेको उनीहरूले बताए ।
निकुञ्जले थ्रेसर मेसिन प्रयोग गरी धान चुट्न नदिएपछि उनीहरूले मंगलबार विरोधस्वरूप सडकमै धान चुटेका थिए ।
नौ वर्षदेखि ढक्का शिविरमा मेसिनबाट धान चुट्ने र खेत जोत्दै आएका पीडितले यस वर्षदेखि सरकारले धान चुट्नबाट रोकेको दाबी गरेका छन् ।
स्थानीय दलबहादुर विकले भने– ‘निकुञ्जले धान चुट्न दिएको छैन । काटेको धान खेतमै कुहिन लाग्यो । मुसा र हात्तीले नोक्सान गरिरहेकै छन् । अहिले बाध्य भएर गाउँसम्म बोकेर धान चुट्दै छौं ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले धान चुट्न तथा खेत जोत्न नदिएको गुनासो गरे ।

कात्तिक १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार