१२ श्रावण २०८१, शनिबार

एमालेले केही क्षेत्रका उम्मेदवारको टुंगो लगायो



धनगढी । नेकपा एमालेले प्रदेश नम्बर ७ मा दोस्रो चरणमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि केही क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ ।
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि कैलाली, डोटी, अछामसहितका जिल्लाका उम्मेदवारको टुंगो लगाएको जनाइएको छ ।
एमाले र माओवादी केन्द्रबीच गठबन्धनपछि भएको सिट बाँडफाँडमा प्रदेश नम्बर ७ मा दोस्रो चरणमा हुने निर्वाचनमा पाँच जिल्लामध्ये तीन जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ ।
एमाले केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधि सभाका लागि कैलालीको निर्वाचन क्षेत्र १ मा गरिमा शाह, निर्वाचन क्षेत्र नम्बर २ मा झपट रावल र निर्वाचन क्षेत्र नम्बर ५ मा नारदमुनि रानालाई उम्मेदवार रहेका छन् ।
त्यस्तै अछाममा भीमबहादुर रावल र डोटीमा प्रेम आलेमगरको नाम टुङ्गो लगाएको छ । त्यस्तै, कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादीका गौरिशंकर थारु र क्षेत्र नम्बर ४ मा लेखराज भट्टलाई प्रतिनिधि सभा सदस्यलाई उम्मेदवार चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार