१० श्रावण २०८१, बिहीबार

साँफेबगर विमानस्थल सञ्चालनमा ल्याउन पहल



अछाम । अछामको साँफेबगरमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम शुरु भएको छ । २०५८ सालदेखि अवरुद्ध साँफेबगर विमानस्थल सुचारुका लागि कालोपत्र गर्ने काम भइरहेको छ ।
सरकारले विमानस्थल सञ्चालनका लागि गत वर्ष बजेट विनियोजन गरेको थियो । १२ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्ट्रक्सन प्रालिले काम शुरु गरेको कम्पनीका भद्रबहादुर शाहीले जानकारी दिए ।
वर्षाका कारण र दशैंतिहारको बीचमा विमानस्थलको निर्माण केही दिन रोकिएको भए पनि अहिले तीव्र गतिमा काम भइरहेको उनले बताए ।
साँफेबगरमा २०३१ सालदेखि विमानसेवा सञ्चालनमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार