१० कार्तिक २०७८, बुधबार

ऊ क्रान्ति वीर हो



उ क्रान्ति वीर हो, क्रान्ति वीर ।
श्रद्धा जाग्छ उसलाई देखेर,
तर यो मेरो कोरो भावना मात्र हो ।
यो मेरो अहिले पनि श्रद्धा मात्र हो ।

सदाझै उसको गम्भीर चेहरामा देखिने रेखाहरू,
उसको निधारभरी तेर्सिएर,
मेरो आस्थालाई फेरि सुमसुम्याउन पुग्छन्
केदारको लेकझै निस्चल,
विस्वास भरिएका उसका विचारहरू,
मतिर तेस्र्याउदै, उ लामो स्वास फेर्छ ।

मानौं पुन:
ऊ क्रान्तिको आव्हान गर्दैछ ।
मुक्ति अभियानमा आमन्त्रित गर्दैछ ।
ऊस्को,
क्रान्तिको अर्को सहयात्री,
भरिपेट खाना, आड्ड भरि नाना,
सहाराको छाना र,
उनमुक्त धर्ति प्राप्तीका लागि,
ज्यान अर्पित गर्दै,
एउटा आंसिक युद्घ सक्याए पछि,
सहिद हुन्छ ।
सहिद मित्रकि आमाको
रसायका आाखा, खाली पेट, सुकेको शरीर,

रित्तो काखको आर्तनाद,
बोक्ने उ क्रान्ति वीर हो, क्रान्ति वीर ।

आकाश पुरा खुल्दै नखुली पुन:,
कालो बादलले ढाकी रहेको छ ।
छोप्दै गइरहेकोछ आकाशलाई,
उ घाम लागेको भ्रम चिरेर,
हवाइ चप्पल चटक चटक,
चट्काउादै आइपुग्यो,
दैलो उघार्दै भित्र पस्यो र भन्यो–
”आधा अधुरो आंसिक क्रान्ती हो यो,
यो क्रान्तिले आंसिक लोभीपापीहरूको,
आंसिक स्वर्थ पुरा भए पनि,
दिनहिनहरूका सपना अझै आधा–अधुरा छन्,
त्यो कार्यभार पनि त पुरा गर्नु छ ।”
ठूलीगाडको जलधारा,
अबिरल बगिरहेको छ,
बगिरहेको छ ।

क्रान्ति वीर त्यहि गतिमा निरन्तर,
अगाडि बढ्छ, बढिरहन्छ ।
कर्णालीका छालहरू,
पर–परसम्म पुग्छन् ।
आकासमा चराहरू निश्चित दिशातिर,
एक हुल बनायर उडिरहेका छन् ।

क्रान्ति वीर पनि क्रान्ति पथमा लम्की रहेको छ,
लम्की रहेको छ ।
उ क्रान्ति वीर हो ।
श्रद्धा जाग्छ उसलाई देखेर ।

२०७४/५/१५

कात्तिक १२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्