१० श्रावण २०८१, बिहीबार

हात्तीपीडितलाई सहयोग



कञ्चनपुर । युथ भ्वाईस नामक संस्थाले कञ्चनपुरका हात्ती पीडित एक परिवारलाई सहयोग गरेको छ । सो संस्थाले शनिबार कञ्चनपुर बेल्डाँडी–१, झर्नासागरका गगनसिंह महरालाई खाद्यान्न र लुगाकपडा सहयोग गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष सुनीलसिंह बोहराले हात्तीपीडित महरालाई एक क्विन्टल चामल, तीन बालबालिका, दुई वयस्क, महिला र बृद्धका सात जोरका दरले न्यायो कपडा प्रदान गरिएको बताए । त्यस्तै, तीन थान डसना, तीन थान तन्ना र दुई सिरानी सहयोग गरिएको छ ।
तिहारका वेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको एक बथानले महराको घर भत्काए पछि विचल्लीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार