११ श्रावण २०८१, शुक्रबार

त्रिशूली बस दुर्घटना : मृतकको संख्या २८ पुग्याे



धादिङ । यात्रुवाहक बस त्रिशुलीमा खस्दा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।
शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये २८ जनाको शव निकालिएको छ । मृत्यु हुनेहरुमा बालबालिकाहरु उल्लेख्य छन् । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् । मृत्यु हुनेहरुमा शिसिकुमारी झा राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, मञ्जितकुमार झा, पार्वती चौधरी, आदित्य यादव, रञ्जीतकुमार झा, सुशान्त चौधरी र रमानन्द यादव छन् ।
बिहानैदेखि प्रहरीसहित गोताखोर टोली उद्दारमा खटिएको छ । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।
राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।
उनीहरुका अनुसार छल र बस भसत्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए ।

(तस्बिरः एजेन्सी)

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार