६ कार्तिक २०८१, मंगलवार

थप पाँच मेगावाट विद्युत आयात गरिने



कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ ।
गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।
विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर टेड कर्पोरेशन (पिटिसि) इन्डियाका तर्फबाट डा. राजीवकुमार मिश्राले हस्ताक्षर गरे ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सम्झौता कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ । यो पुरानै सम्झौताको नवीकरण भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार