१० श्रावण २०८१, बिहीबार

हात्तीपीडितलाई सहयोग



कञ्चनपुर । कञ्चनपुरका तीन जना निर्माण व्यावसायीहरूले जिल्लाको बेल्डाँडीका हात्तीपीडित एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
हात्तीपीडित बेल्डाँडी गाउँपालिका वडा नम्बर १, झर्नासागरका गगनसिंह महरालाई बिहीबार निर्माण व्यावसायीहरू निरन्जनप्रसाद भट्ट, लोकबहादुर ठकुराठी र हेम महराले आर्थिक सहयोग गरे ।
निर्माण व्यवसायी भट्टले एक हजार, ठकुराठीले एक हजार पाँच सय र महराले दुई हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीको एक बथानले कात्तिक २ गते लक्ष्मीपूजाका दिन गगनको घर भत्काउनुका साथै अन्नपात नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार