१० श्रावण २०८१, बिहीबार

जीप दुर्घटनामा १० को घाइते



बझाङ । बझाङको सदरमुकाम चैनपुरबाट बागथला जाँदै गरेको जीप बिहीबार दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बागथला जाँदै गरेको से १ ज ८६१ नम्बरको जीप केदारस्युँ गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जीप दुर्घटनामा केदारस्युँ गाउँपालिका वडा नम्बर १ का पशुपति मल्ल, ईश्वर मल्ल, पराञ्चु मल्ल, कटक नेपाली, जमुना बोहरा, बमबहादुर बोहरा तथा वडा नम्बर २ का कुमार ओखेडा घाइते भएका छन् ।
यसैगरी, दुर्घटनामा ईश्वरनाथ जोशी, रामसरण थापा र गंगा सिरीष पनि घाइते भएका छन् । घाइतेमध्ये सात जनालाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार