१० श्रावण २०८१, बिहीबार

उग्रतारा मेलाको तयारी तीब्र



डडेल्धुरा । यस वर्षको उग्रतारा मेला (देहिजात) कार्तिक शुक्ल पक्ष पूर्णिमाका दिन १७ गते हुने भएको छ ।
शक्तिपीठका रूपमा रहेको उग्रतारा मन्दिरमा बर्सेनि लाग्ने मेलाबो बुधवार उग्रतारा क्षेत्र विकास समिति, मन्दिरका पुजारी, पण्डा, धामी, लौडिया, पगडिया, कारबारी तथा सरोकारवालाहरूसंगको छलफलपछि मेलाको दिन निश्चित गरिएको मुल समिति अध्यक्ष तेजबहादुर साकीले जानकारी दिए ।
मेला व्यवस्थापनका लागि सुरेन्द्र साकीको नेतृत्वमा पाँच सदस्यीय मेला व्यवस्थापन संयोजन उपसमिति पनि गठन गरिएको उनले बताए ।
उग्रतारा मेलाको अघिल्लो दिन विधिवत रूपमा खनमडा–लटाउली, जिलोडा–सेलागाउँ, दमडा र छचोडा गरी चार ठाउँबाट रतेडीका दिन देउरो भगवतीको दरबारमा भित्र्याई दिउसेडी (दिवाजात्रा) को रूपमा मनाउने गरिन्छ ।
मन्दिरका चार वटै देउरा सम्बन्धित कारबारीहरूसंगको छलफलका आधारमा मेला व्यवस्थापनमा शान्ति सुरक्षा सहित मदिरा एवं अवाञ्छित क्रियाकलाप रोकथाम तथा नियन्त्रणका लागि प्रहरी प्रशासनसंग आवश्यक सहयोग माग गर्ने, मेलामा रहने बिभिन्न प्रकारका पसल तथा व्यापारीहरूबाट साबिक अनुसारको मेलाकर उठाउने, भक्तजनहरूबाट चढाइने भेटी व्यवस्थापन लगायत मेलालाई धार्मिक सांस्कृतिक दृष्टिकोणबाट महत्त्वका साथ पर्यटकिय गन्तव्य बनाउन आवश्यक भूमिका निर्वाह गर्न पनि आवश्यक तयारी शुरु गर्ने निर्णय गरिएको छ ।
भेलाले सुदूरपश्चिमको जनजीवन झल्किने देहिजाातलाई व्यापक तयारी गरी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका लागि आगामी वर्षको उग्रतारा मेलालाई उग्रतारा देजात महोत्सवको रूपमा मनाउने निर्णय गरिएको छ ।

कात्तिक ०९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार