१० श्रावण २०८१, बिहीबार

बाजुराका पूर्व सभापति रावलले पार्टी छाडे



बाजुरा । करिब अढाई दशकसम्म जिल्लामा नेपाली काँग्रेसको नेतृत्व गरेका पूर्व सभापति मनबहादुर रावलले पार्टी छाडेका छन् । रावलले बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेमा प्रवेश गरेको बताएका छन् ।
करिब चार दशकदेखि नेपाली काँग्रेसमा सक्रिय रावल २०४७ सालदेखि २५ वर्षसम्म बाजुरा काँग्रेसको सभापति रहेका थिए ।
रावललाई एमाले वैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, माओवादी केन्द्रका नेता सहदेव बोगटीसहितले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार