१० श्रावण २०८१, बिहीबार

तीन बालक तीन दिनदेखि वेपत्ता



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का तीन बालक भाइटीकाको दिनदेखि बेपत्ता छन् । कलुवापुरका ११ वर्षीय प्रकाश कठायत, प्रकाश साउँद र केशव बिष्ट बेपत्ता भएका बताइएको छ ।
प्रकाशले आफ्नो घरबाट ७७ हजार रुपैयाँ र १५ हजार रुपैयाँ मूल्य पर्ने मोबाइल फोन लगेकोले कसैले प्रभोलनमा पारेर बेपत्ता पारेको हुनसक्ने उनका बुबा दीपेन्द्रबहादुर कठायतले बताए ।
उनीहरू घरबाट भागेको दिन दिउसो कैलालीको अत्तरिया बजारमा छिमेकीले देखेको दीपेन्द्रबहादुरले बताए ।

कात्तिक ०८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार