१० श्रावण २०८१, बिहीबार

पत्रकार खड्कालाई सम्मान गरियो



बझाङ । ३७ औं विश्व खाद्य दिवसको अवसरमा बझाङका पत्रकार जगत खड्कालाई सम्मान गरिएको छ ।
याक नेपाल धनगढी र फियान नेपालको आर्थिक सहयोगमा जिल्ला खाद्यअधिकार सञ्जालले मंगलवार आयोजना गरेको ३७ औं विश्व खाद्य दिवसका अवसरमा पत्रकार महासंघ बझाङका संस्थापक अध्यक्ष जगत खड्कालाई कदरपत्र सहित सम्मान गरियो ।
सो अवसरमा जिल्ला कृषि कार्यालयका बाली विकास अधिकृत गंगादत्त अवस्थी, जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्का र प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले संयुक्त रूपमा पत्रकार खड्कालाई कदरपत्र प्रदान गरे ।
कार्यक्रममा खाद्यअधिकार संजालका सहसंयोजक सुनिल दमाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संयोजक जगदिश रोकायाले जिल्ला खाद्य अधिकार संजालले हालसम्म खाद्य अधिकारका सवालमा गरेको कामबारे जानकारी गराएका थिए ।
फियान नेपालका कार्यक्रम अधिकृत बसन्तप्रताप सिंहले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए ।

कात्तिक १ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार