१० श्रावण २०८१, बिहीबार

पत्रकार ढुंगानामाथि प्रहरीद्वारा हातपात



अछाम । नेपाल पत्रकार महासंघ अछाम शाखाका संस्थापक सदस्य यज्ञराज ढुंगानामाथि सोमबार प्रहरीले हातपात गरेको छ ।
सोमबार राति अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा प्रहरीले व्यापारीबाट रकम असुल गरेको विरोध गर्दा पत्रकार ढुंगानालाई प्रहरीले कुटपिट गरेको बताइएको छ ।
प्रहरीको ज्यादती विरुद्ध नेपाल प्रेस यूनियन अछामले विज्ञप्तिमार्फत खेद प्रकट गरेको छ । पत्रकार ढुंगानामाथि भएको प्रहरी आक्रमणको भ्रत्र्सना गर्दै दोषीमाथि कारबाही गर्न माग गरिएको छ । प्रेस यूनियन अछामका कार्यवाहक अध्यक्ष धनराज साउँदद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषिमाथि कारबाही नगरिए कडा आन्दोलनमा उत्रिने जनाइएको छ ।

कात्तिक १ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार