११ श्रावण २०८१, शुक्रबार

सडक दुर्घटनामा दुईको मृत्यु



डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गोगनपानीमा मंगलबार सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बैतडी जिल्लाको देहिमाडौं–२ का ८० वर्षीया द्रोपती भण्डारी र डडेल्धुराको परशुराम नगरपालिका–७ का १३ वर्षीय बिक्रम बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी मधु पुडासैनीले जानकारी दिए ।
महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र डडेल्धुराबाट महेन्द्रनगर जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस भिमदत्त राजमार्गको जोरायल–१, गोगनपानीमा एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते पाँच जनालाई उपचारको भारतको बरेली रिफर गरिएको छ । सामान्य घाइते ३३ जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार