१० श्रावण २०८१, बिहीबार

सरकारबाट बाहिरिने निर्णयबाट पछि हट्यो माओवादी



काठमाडौं । सरकारले निर्वाचन सार्ने सूचना पाएको दाबी गर्दै माओवादी केन्द्र मंगलबार नै सरकारबाट नहट्ने निष्कर्षमा पुगेको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले भने, ‘सरकारले निर्वाचन सार्नका लागि ड्राफ्ट तयार पारिएको सूचना हामीले पायौं । त्यसैले सरकारबाट हट्ने निर्णय अन्तिममा स्थगित गर्‍यौ ।’
सरकारबाट बाहिरिने निर्णयका लागि भन्दै मंगलबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठक पेरिसडाँडामा बसेको थियो । बैठकमा मन्त्रीहरुको सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गर्नेक्रममा निर्वाचन आयोगबाट चुनाव सारिन लागेको गोप्य सूचना आएको गृहमन्त्री शर्माले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा गृहमन्त्री एवं माओवादी नेता शर्माले भने, ‘निर्वाचन सुनिश्चित गर्नका लागि हामी सरकारमा आएका हौं, त्यसैका लागि सरकार छो लागेको हो तर निर्वाचन नै सारिने हो भने किन सरकार छाड्ने । राजीनामाको विषय तत्काललाई स्थगित गरेका छौं ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि माओवादीले सरकार छाड्ने निधो गरेको थियो । प्रवक्ता पम्फा भूसालले भनेकी थिइन्, ‘प्रधानमन्त्रीले सरकारबाट हट्न आग्रह गर्नुभएकोले माओवादी बाहिरिएको विज्ञप्ति आउँछ ।’
यसअघि माओवादीतर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर आफूहरु पार्टीको निर्णय पर्खिरहेको बताए । उनले भने, ‘सरकारबाट बाहिरिने पार्टीले निर्णय गर्छ, हामी तुरुन्त हट्न तयार छौं ।’ पत्रकार सम्मेलनका क्रममा महराले मन्त्रालयका कर्मचारी, पत्रकारलगायतलाई धन्यवाद दिए । उपप्रधानमन्त्री महरा सोमबार पनि मन्त्रालय गएका थिएनन् ।
पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट मन्त्री थपेर सरकार विस्तार गरेपछि माओवादीलाई सरकार छाड्ने नैतिक दबाब परेको हो । गत शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित ८ जनालाई मन्त्रिपरिषद्‌मा थप गरेका थिए । माओवादीले नछाडे उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाविभागीय बनाउने देउवाको तयारी छ ।
शनिबार दाहाल निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्र सचिवालय बैठकले पनि सरकारलाई दिएको समर्थन यथावत राख्दै मन्त्री फिर्ता नबोलाउने निष्कर्ष निकालेको थियो ।

(इकान्तिपुर)

सम्बन्धित समाचार

माओवादी केन्द्रले सरकार छोड्दै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार