माओवादी केन्द्रले सरकार छोड्दै



काठमाडौं । नेकपा (माओवादी) केन्द्रले मंगलबार सरकार छोड्ने भएको छ ।
सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि माओवादीतर्फबाट नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
यस्तै गृहमन्त्री जनार्दन शर्माले दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरेको उनका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी दिइन् ।
पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट मन्त्री थपेर सरकार विस्तार गरेपछि माओवादीलाई सरकार छाड्ने नैतिक दबाब परेको हो ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्