१० श्रावण २०८१, बिहीबार

जिल्ला प्रशासनमा ध्यानाकर्षणपत्र



बाजुरा । नागरिक अधिकारको ग्यारेन्टी हुनुपर्ने मागसहित नागरिक संघसंस्थाले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । जिल्लाको समग्र विकास निर्माण, खानेपानी, सरसफाई, विजुली र सडक लगायतका विषयलाई ध्यानाकर्षणपत्रमा समेटिएको छ ।
नागरीक समाज संजाल, मानवअधिकार एलाईन्स, नेपाल पत्रकार महासंघ र गैसस महासंघ बाजुरा शाखाले संयुुक्त रूपमा ध्यानाकर्षण गराएका हुन् ।
मार्तडीको साना जलविद्युत आयोजनाको समयमै मर्मतसम्भार, सरसफाईमा ध्यान दिनुपर्ने, मार्तडी–कोल्टी सडक सञ्चालन, साँफे–मार्तडी सडकको गुइगाड पुल निर्माण कार्यमा भएको ढिलाई, पिछडिएका स्थानीय तह सूचीकृतमा भेदभाव भएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, मार्तडीमा चोरीका घटनामा बृद्धि भइरहेको, मानाकोट लगायत जिल्लाभरीबाट ५१ जना बालबालिका लगेर काठमाडौं, धनगढी र बुटवल लगायतका शहरमा जोखिमपूर्ण कार्यमा लगाइएको उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा नागरिक समाजका अग्नीराज शाही, मानव अधिकार एलाइन्सका तुलाराम जैशी, गैससका काशी विक र पत्रकार महासंघका प्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।

असाेज ३१ गते (epaper) (1)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार