१० श्रावण २०८१, बिहीबार

निकुञ्ज र पीडितबीच द्वन्द्व



कञ्चनपुर । कञ्चनपुरका निकुञ्ज पीडित र शुक्लाफाँटा आरक्ष कार्यालयबीच द्वन्द्व उत्पन्न भएको छ । लालझाडी गाउँपालिका वडा नम्बर १ ढक्का शिविरमा बस्दै आएका पीडितले थ्रेसरबाट धान चुट्न थालेपछि निकुञ्जको सुरक्षार्थ खटिएका सेना र गेमस्काउटले रोकेपछि द्वन्द्व उत्पन्न भएको हो ।
सोमबार ३७ औं विश्व खाद्यअधिकार दिवसका दिन थ्रेसरबाट धान चुट्ने क्रममा सेनाले अवरोध गरेपछि उनीहरूले विरोध गरेका छन् ।
आरक्ष पीडित मनवीर ओडले आरक्षपीडित माथि सरकारले दमन गरेको आरोप लगाए । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले खेत जोत्दा र बाली भित्र्याउने क्रममा पनि निकुञ्ज कार्यायले दु:ख दिने गरेको बताए ।
शुक्लाफाँटा निकुञ्ज कार्यालयका प्रमुख वेदकुमार ढकालले विभागको निर्देशन अनुसार निकुञ्ज र नेपाली सेनालाई आरक्षपीडितको शिविरमा मेसिनरी सामग्रीबाट खनजोत र अन्नबाली चुट्न नदिइएको बताए ।
जिल्ला खाद्यअधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाटले पीडितको खाद्यअधिकार सुनिश्चितमा जोड दिए ।
२०५८ सालमा तत्कालिन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरू टहरा बनाएर ढक्का शिबिरमा बस्दै आएका छन् । विस्थापितको पुनस्र्थापनाका लागि अहिलेम्म २९ वटा आयोग बनिसकेका छन् ।
२४ औं आयोगले दुई हजार चार सय ७३ जनालाई प्रमाणित गरेका थिए ।

असाेज ३१ गते (epaper) (1)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार