४ असार २०७८, शुक्रबार

अपी हिमालमा खाद्यान्न अभाव



दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । तिहारको समयमा खाद्यान्न अभाव हुँदा चर्को मूल्यमा चामल किन्नु परेको स्थानीयले बताए ।
अहिले गाउँपालिकामा एक किलो चामलको मूल्य ५० देखि ६० रुपैयाँ रहेको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले समयमै खाद्यान्न ढुवानी गर्न नसक्दा अपिहिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको गाउँपालिकाका अध्यक्ष धर्मसिंह मन्यालले बताए ।
उनले चामल ढुवानी गर्न खाद्य संस्थानलाई पटकपटक आग्रह गर्दा पनि अहिलेसम्म चामल नआएको बताए ।
अपी हिमाल गाउँपालिकामा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ ।

असाेज २७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्