१० श्रावण २०८१, बिहीबार

गोरुले हिर्काउँदा एकको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा खेत जोतिरहेको अवस्थामा गोरुले हिर्काउदा एकको ज्यान गएको छ ।
स्थानीय जीतबहादुर चौधरीको घरमा काम गर्ने ३५ वर्षीय सोमरी खुनाको हलो जोत्ने क्रममा गोरुले हान्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार