१० श्रावण २०८१, बिहीबार

राष्ट्रपतिद्वारा शैलेश्वरीको दर्शन



डोटी । राष्ट्रपति विद्यादेवी भण्डारीले डोटीको सिलगढीमा रहेको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी भगवतीको दर्शन गरेकी छन् ।
देशका विभिन्न स्थानको भ्रमणका क्रममा बुधबार सुदूरपश्चिम पृतना मुख्यालय दिपायल पुगेकी राष्ट्रपति भण्डारीले बिहीबार शैलेश्वरी भगवतीको दर्शन गरिन् ।
राष्ट्रपतिले शैलेश्वरी मन्दिरमा पूजाअर्चना गरेकी थिइन् । उनलाई शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एवं मन्दिरका पुजारी प्रेमशंकर भट्टले मन्दिरमा स्वागत गरेका थिए ।
राष्ट्रपतिले शैलेश्वरी क्षेत्रमा भरखर निर्माण भएको खानेपानीको धाराको पनि उद्घाटन गरिन् ।
यसैबीच, दिपायल सिलगढी नगरपालिकाले प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने मागसहित राष्ट्रपतिलाई ज्ञापन बुझाएको छ । शैलेश्वरी मन्दिर क्षेत्रमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा नगरपालिकाका प्रमुख मञ्जु मलासीले राष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

असाेज २७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार