१० श्रावण २०८१, बिहीबार

बालिका बेचबिखनका घटनामा बृद्धि



धनगढी । कैलालीमा बालिकामाथि हुने दुव्र्यवहार तथा बेचविखनका घटनामा हरेक वर्ष बृद्धि भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ४४ जना बालिका हराएकोमा अझै ६ जना बालिका फेला पर्न सकेका छैनन् ।
त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा ५५ जना बालिका हराएका थिए । तीमध्ये २१ जना बालिका अझै फेला पर्न नसकेको कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी वीरबहादुर बुढामगरले बताए ।
चालू आर्थिक वर्ष २०७४/०७५ को पहिलो तीन महिनामा मात्रै आठ जना बालिका हराएका छन् । तीमध्ये तीन जना मात्र फेला परेको प्रवक्ता बुढामगरले बताए ।
त्यस्तै, २०७२/०७३ मा ५१ जना बालक वेपत्ता भएकोमा ३५ जना मात्र फेला परेका थिए ।
आर्थिक वर्ष २०७३/०७४ मा हराएका ७० जना बालकमध्ये ४५ जना मात्र फेला परेका थिए ।
चालू आर्थिक वर्षको भदौ महिनासम्म २० जना बालक हराएकोमा १२ जना मात्र फेला परेका डिएसपी बुढामगरले बताए ।
उनले बालिकाहरूलाई उद्धार गरेर ल्याउदा समेत समाजमा पुनस्र्थापना गर्न समस्या हुने गरेको बताए । कतिपय बालिका प्रेम विवाहमा फस्दा परिवारले हराएको भन्दै प्रहरीमा उजुरी दिने गरेका कारण पनि बालिका हराएका घटनाको तथ्यांक बढ्ने गरेको उनले बताए ।
त्यस्तै, अभिभावकहरूले बालबालिका हराउँदा प्रहरीलाई जानकारी दिने, तर फेला परेपछि खबर नगर्ने भएकाले पनि वेपत्ताको तथ्यांकमा कमी नआएको हुनसक्ने उनको भनाई छ ।
समाजमा पुनस्र्थापना हुननसकेका बालिकाहरूलाई प्रहरी पुनस्र्थापना केन्द्र तथा विभिन्न संघसंस्थाद्वारा सञ्चालित केन्द्रमा राख्ने गरेका छन् ।

असाेज २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार