१० श्रावण २०८१, बिहीबार

अवैध कपडा बरामद



कञ्चनपुर । सशस्त्र प्रहरी बलले भन्सार चोरीपैठारी गरी तस्करी भइरहेको अवैध कपडा बरामद गरेको छ । सोमबार राति शसस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीले भीमदत्त नगरपालिका–५, सुकासाल क्षेत्रबाट अवैध कपडा बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल, गड्डाचौकीका प्रमुख प्रेमप्रसाद पाण्डेले विशेष सूचनाका आधारमा भन्सार छलेर गरेको समान बरामद गरी भन्सार बुझाएको बताए । सशस्त्र प्रहरी नायव उपरीक्षक पाण्डेले चार सय ५१ थान कपडामध्ये ३० थानको मात्रै भन्सार राजश्व बुझाएको पाइएको बताए ।

असाेज २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार