१० श्रावण २०८१, बिहीबार

छोरी र बाबु दुवै उम्मेदवार



बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा बाबुछोरी उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले बैतडीको प्रदेश सभा क्षेत्र ख बाट गोपाल चन्दलाई प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ भने उनकी छोरी रेणु चन्दलाई प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार बनाइएको छ ।
यस्तै, प्रदेश सभा ख क्षेत्रबाट प्रेमप्रकाश भट्ट तथा समानुपातिकतर्फ भुवनचन्द्र विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार