२३ बैशाख २०८१, आईतवार

चिकित्सकमाथि हातपात गर्ने विरुद्ध मुद्दा दायर



महेन्द्रनगर । महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालका चिकित्सकमाथि हातपात गर्ने र अस्पतालमा तोडफोड गरेको आरोपमा दुई जनामाथि सार्वजनिक अपराध मुद्दा दायर भएको छ ।
शनिबार राती अञ्चल अस्पतालका चिकित्सक, नर्स तथा अन्य कर्मचारीमाथि हातपात र अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।
पक्राउ गरिएका पाँचमध्ये तीन जनालाई रिहा गरिएको छ भने दुई जनामाथि मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरिएपछि अस्पतालमा उपचार सेवा पुन: शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा अस्पतालको सेवा सुचारु गर्ने र आक्रमणकारीमाथि मुद्दा चलाउने सहमति भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अशोक पाण्डेले जानकारी दिए ।
अञ्चल अस्पतालमा सुत्केरी गराउन ल्याएकी महिलाको शिशुको मृत्यु भएपछि उनका आफन्तले शनिबार राति आक्रमणमा उत्रिएका थिए ।
बिरामीका आफन्तले डा सत्य कोइरालामाथि हातपातको प्रयास गरेका थिए । सो क्रममा ड्युटीमा खटिएका प्रहरीका जवान प्रतासिंह बोहराको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ४ टााका लगाइएको छ ।
घटनापछि अस्पतालमा कार्यरत सबै कर्मचारी आइतबार बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए ।
शनिबार राति सुत्केरी गराउन ल्याइएकी भीमदत्त नगरपालिका वडा नम्बर १ बारकुन्डाकी सरस्वती विष्टले शिशु जन्माउने क्रममा शिशुको मृत्यु भएको थियो ।

असाेज २५ गते (epaper)

 

सम्बन्धित समाचारहरू 

महाकाली अस्पतालमा तनाव कायमै

महाकाली अञ्चल अस्पतालमा सेवा बन्द

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार