१० श्रावण २०८१, बिहीबार

बैंंकिङ सेवा नहुँदा सेवाग्राही मर्कामा



अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।
मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र ६ गाउँपालिकामा कुनै पनि बैंकको शाखा छैनन् । अछामका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटी गाउँपालिकाका स्थानीयले बैंकिङ कारोबारका लागि टाढा जानुपर्ने बाध्यता छ ।
तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले सदरमुकाम पुगेर बैंकिङ सेवा लिनुपर्दा समय र पैसा दुवै खर्च हुने गरेको बताए ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले भने बैंकिङ सेवाका लागि इमेल इन्टरनेट सेवा आवश्यक हुने भएकाले आफूले इन्टरनेट जडानका लागि पहल गरिरहेको बताएका छन् । हाल सदरमुकाम रहेको मंगलसैनमा नपामा ५ वटा, मुख्य व्यापारिक केन्द्र रहेको साँफेबगरमा ४ वटा र कमलबजारमा नगरपालिकामा एक गरी जिल्लाभर जम्मा ९ वटा बैंकले सेवा दिइरहेका छन् ।

असाेज २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार