१० श्रावण २०८१, बिहीबार

बझाङ एमालेले उम्मेदवारको सिफारिस



बझाङ । नेकपा (एमाले) बझाङले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
बझाङमा प्रतिनिधि सभा सदस्यका लागि १ र प्रदेश सभा सदस्यका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।
एमालेले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ केन्द्रिय सदस्य भैरव सिंह र भानुभक्त जैशीको नामा सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ लालबहादुर रावल, मानप्रसाद खत्री, बिना केसी र कलक विकको नाम सिफारिस गरेको छ ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि क क्षेत्रबाट प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष दिलबहादुर सिंह र अर्जुनबहादुर थापाको नाम सिफारिस गरिएको छ । भने समानुपातिकतर्फ निलगगन बहादुर सिंह, प्रयागराज जोशी, दमन भण्डारी, राधा बिष्ट, पार्वती जोशी र देवकी जोशीको नाम सिफारिस गरेको छ ।
त्यसैगरी ख क्षेत्रबाट प्रत्यक्षतर्फ वीरेन्द्र भण्डारी, दिलबहादुर भण्डारी र प्रकाश रोकायाको नाम सिफारिस गरिएको छ । भने समानुपातिकतर्फ तारा बोहरा, अतित ओड, भागरती सिंह, गौरीप्रसाद सोती, धनादेवि कुँवर र नरदेव बडुको नाम सिफारिस गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष सिंहले बताए ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार