१० श्रावण २०८१, बिहीबार

बैतडीमा औषधी अभाव



बैतडी । बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । स्थानीय तहबाट समयमै औषधि खरिद नभएका कारण अभाव भएको बताइएको छ ।
जिल्लाको पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिका बाहेकका स्थानीय तहले औषधि खरिद गर्न सकेका छैनन् ।
औषधि खरिद गरेका तहले पनि स्वास्थ्य संस्थामा औषधि वितरण गरेका छैनन् । औषधि खरिदका लागि कम रकम विनियोजन भएकाले खरिद गरिएको औषधिले डेढ महिनामात्रै धान्ने पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिए । उनले औषधि खरिदका लागि चार लाख रुपैयाँ मात्र विनियोजन भएको बताए ।
औषधि नहुँदा जाँचका लागि आउने बिरामी रित्तो हात फर्किनु परेको गाँजरी स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिए ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार