१० श्रावण २०८१, बिहीबार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन : प्रमुख तीन दलबाट उम्मेदवारहरूको नाम सिफारिस



धनगढी । आगामी मंसिरमा हुने र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवारको नाम आ–आफ्ना केन्द्रमा सिफारिस गरेका छन् । कैलालीमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्ना दलका आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् ।
कैलालीमा प्रतिनिधिसभाका लागि पाँच क्षेत्र तथा प्रदेश सभाका लागि दश निर्वाचन क्षेत्र रहेका छन् ।
नेपाली काँग्रेस कैलालीले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तथा समानुपातिकतर्फ डाक्टर आरजु राणा देउवा सहित दुई सय ४५ जनाको नाम सिफारिस गरेको छ । डाक्टर राणा देउवालाई प्रत्यक्षतर्फ क्षेत्र नम्बर ५ बाट सिफारिस गरिएको छ । सो क्षेत्रबाट नेपाली काँग्रेस कैलालीले सांसद पुष्करनाथ ओझा र प्यारेलाल राना, सुनील भण्डारी लगायतको नाम सिफारिस गरेको छ ।
त्यस्तै, क्षेत्र नम्बर १ बाट ईश्वरी न्यौपाने, चन्द्रसिंह भट्टराई, नारायणदत्त मिश्र, डाक्टर रणबहादुर रावल, बुद्धिसागर चौधरी, सुशीला स्वाँर, फकिरसिंह कडायत लगायतलाई सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ कमलबहादुर शाह, विजयबहादुर स्वाँर र हिमबहादुर रावलको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट खेमराज डंगौरा थारू, गोविन्दराज जोशी, मोहनराज मल्ल लगायतको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सुनीलकुमार भण्डारी, डाक्टर लक्ष्मीराज पाठक, प्रकाशबहादुर बम, हिरादत्त भट्ट र प्रदिप जोशीको नाम सिफारिस गरिएको छ ।
नेकपा (एमाले) कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मतीले नाम सिफारिस गरेको छ ।
एमाले कैलालीको बैठकले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य गरिमा शाह, क्षेत्र नम्बर २ बाट जिल्ला ईञ्चार्ज झपट रावल, क्षेत्र नम्बर ३ बाट कार्यालय सचिव विमल जोशी, क्षेत्र नम्बर ४ बाट पार्टी जिल्ला अध्यक्ष दीर्घ सोडारी र क्षेत्र नम्बर ५ वाट नारदमुनी राना तथा रणबहादुर चन्दको नाम सिफारिस गरेको छ ।
एमालेले क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष भीम रावलको नाम पनि प्रदेश समितिमा सिफारिस गरेको जनाइएको छ । उपाध्यक्ष रावल अछाम क्षेत्र नम्बर १ बाट पनि सिफारिस भएका छन् ।
एमाले उपाध्यक्ष रावल अछाम क्षेत्र नम्बर १ बाट पनि सर्वसम्मत भएका छन् । रावलले अछामबाट प्रतिनिधि सभामा चुनाव लडने ईच्छा देखाएकाले कैलाली क्षेत्र नम्बर २ बाट लडने सम्भावना न्यून छ ।
त्यस्तै, माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यका लागि कैलालीको क्षेत्र नम्बर १ बाट हरि ज्ञवाली, २ बाट रंगनाथ ढकाल, ३ बाट गौरीशंकर थारू तथा वीरभान चौधरी, ४ बाट लेखराज भट्ट र ५ बाट हरिराम चौधरीको नाम सिफारिस गरेको जनाएको छ ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार