६ कार्तिक २०८१, मंगलवार

बैतडीमा तीन दलले उम्मेदवारको सिफारिस गरे



बैतडी । आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा प्रमुख तीन दलले उम्मेदवारको सिफारिस गरेका छन् ।
बैतडीमा प्रतिनिधिसभाका लागि १ र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।
नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ नरबहादुर चन्द, चतुरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट छन् ।
त्यस्तै, प्रदेशसभा सदस्यका लागि क क्षेत्रबाट प्रत्यक्षतर्फ हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, बिष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपिल केसी र दीपेन्द्रबहादुर चन्दको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, प्रदेशसभा सदस्यका लागि ख क्षेत्रबाट देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वरदत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेशसिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्दको नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ । एमाले बैतडीमा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सातजना आकांक्षी देखिएका छन् ।
एमाले बैतडीले प्रतिनिधिसभा सदस्यका लागि दामोदर भण्डारी, परमानन्द भट्ट र पद्मा खत्रीको नाम सिफारिस गरेको छ ।
त्यस्तै, प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ क क्षेत्रबाट सुरेन्द्र पाल र ख क्षेत्रबाट लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिंहको नाम सिफारिस गरिएको छ ।
माओवादी केन्द्र, बैतडीले जिल्लाबाटै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि जिल्ला इन्चार्ज नरेन्द्र कुँवरलाई अघि सारेको छ ।
प्रदेशसभा सदस्यका लागि क क्षेत्रबाट प्रेमप्रकाश भट्ट र ख क्षेत्रबाट गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र बैतडीले जनाएको छ ।

असाेज २२ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार